पछिल्लो २४ घण्टामा १०६ संक्रमितको मृत्यु



काठमाडौं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्