सोमबारसम्म निरन्तर वर्षा हुने



काठमाडौं, जेठ १५ । यास् चक्रवातको प्रभावले मुलुकको धेरैजसो क्षेत्रमा भइरहेको वर्षा सोमबारसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण सोमबारसम्म निरन्तर वर्षा हुने देखिएको हो ।

जारी वर्षाका कारण मुलुकको अधिकांश ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको सतह बढेको र बाढीसमेत आएको छ ।

प्रतिक्रिया दिनुहोस्