नुवाकोटमा जेठ २५ गतेसम्म निषेधाज्ञा थपियो



नुवाकोट,जेठ १६ । नुवाकोटमा यहि जेठ २५ गतेसम्म निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले थप १ साता निषेधाज्ञा अवधि लम्ब्याउने निर्णय गरेको हो।

पछिल्लो दिनयता जिल्लामा कोरोनाका बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको उल्लेख छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय जेठ १८ गते मंगलवार राति १२ बजेबाट सकिँदैछ ।

डिसिसिएमसीको आईतवार बसेको बैठकले यही जेठ २५ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।

संकट व्यवस्थापन केन्द्रका निर्णयहरु

प्रतिक्रिया दिनुहोस्