ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सुनसरी,कात्तिक २२। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक २१ गते राति करिब ११ः५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना पुरुष गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

