मोटरसाईकल अनियन्त्रित भई चालकको मृत्यु



झापा, जेष्ठ १७ । जिल्लाको शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ ।


आईतबार बेलुका साढे ७ बजे  दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना भएको बताइएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका दर्जीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्