नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित



काठमाण्डौ,जेठ २१ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । चाइनिज ताइपेइलाई नेपालले २–० ले पराजित गरेको हो ।

नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्