छहरे-टोखा सडकखण्ड अवरुद्ध, पहिरोले मिनिट्रक बगायो



नुवाकोट,साउन ३० । छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका ८ को काफलडाँडा नजिक पहिरो जाँदा गुर्जे-छहरे सडक अवरुद्ध भएको हो ।

पहिरोले एक मिनी ट्रक समेत बगाएको बगेको छ । शनिबार दिउँसो गएको पहिरोका कारण काठमाडौ नुवाकोट आवातजावत गर्ने सवारी साधन बिचैमा रोकिएका छन् ।

सडक सुचारु गर्न प्रहरीका साथै स्थानीय लागिपरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्