रू. १ अर्ब २१ करोडका प्लाष्टिकका प्लेट, सीट, फिल्म आयात



काठमाडौं,भदौ ३। आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रू. १ अर्ब २१ करोड बराबरको प्लाष्टिक प्लेट, सीट, फिल्म आयात भएको छ ।

विगत १२ वर्षको तथ्यांक हेर्दा प्लाष्टिक प्लेट, सीट, फिल्म आयातको औसत वार्षिक वृद्धिदर १० प्रतिशत देखिन्छ । यस तथ्यांकबाट मुलुकमा प्लाष्टिक प्लेट, सीट, फिल्मको उद्योग स्थापना र विस्तारमा नेपालभित्रै प्रशस्त सम्भावना रहेको देखिन्छ ।

यसका लागि सरकार र निजीक्षेत्रबाट आवश्यक पहलकदमी लिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्