पहिरोमा पुरिएर नुवाकोटमा एकजनाको ज्यान गयो



नुवाकोट,भदौ ३ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा नुवाकोटमा आज बिहान एकजना ब्याक्तीको मृत्यु भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान साढे २ बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा त्यसमा पुरिएर मृत्यु भएको हो ।

लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा राखिएको छ। पहिराेले लामिछानेको घरसमेत जोखिममा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्