रसुवामा एकै परिवारका ४ जना पहिरोमा पुरिए



रसुवा,भदौ ३ । रसुवामा एकै परिवारका चार जना पहिरोमा पुरिएका छन। नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको  उनकी श्रीमती र ३ बच्चा पहिरोमा पुरिएका हुन।

पहिरोले श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले बताए ।पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। एकजना भने बेपत्ता छन। भने घाईते अबस्थामा भेटिएका श्यामबहादुरको उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। बेपत्ताको खोजीकार्य भईरहेको पाण्डेले जनाए।

घटना आज बिहान करिब साढे ३ बजेतिरको हो ।
पहिरोले श्याम बहादुरको एक तले जस्ताले छाएको घर पुरिएको हो। घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको हो। स्थानिय र सुरक्षाकर्मीको टोली बेपत्ताको खोजिकार्यमा जुटेका छन ।

प्रतिक्रिया दिनुहोस्