शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त



नुवाकोट,भदौ ८ । जिल्लास्थित शिवपुरी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त भएका छन ।

मंगलबार गाउँपालिकामा सामान्य प्रशासन मन्त्रालयद्वारा सिफारिस भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको हो। यसअघि अधिकृत युवराज आचार्य सरुवा भएसंगै प्रशासनिक कार्य सहजताका लागि अशोक काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयले गाउँपालिकामा पठाएको थियोे।

प्रशासकीय पदमा नियुक्त काफ्लेलाई मन्त्रालयले केहि दिनमा सरुवा गरेकाले गाउँपालिकाको शिक्षा शाखामा कार्यरत आठौं तहका भट्टलाई प्रशासकीय अधिकृतमा मन्त्रालयले सिफारिस गरेको हो ।

स्वागत तथा नियुक्तिका क्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा लगायत

प्रतिक्रिया दिनुहोस्