दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ महिला पक्राउ
काठमाडौँ, मङ्सिर ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत मङ्गलबार राति काठमाडौँ आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार उनीहरूले मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको हो ।
बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

