छहरे-टोखा सडकका लागि  थप १० करोड पहल गरेको छु- पूर्व सांसद तामाङ ( भिडियो )



नुवाकोट,मंसिर ५ । नुवाकोटका नेता तथा पूर्व सांसद हित बहादुर तामाङले आफ्नो पहलमा छहरे टोखा सडक स्तरोन्नतिका निम्ति १० करोड विनियोजन भएको बताएका छ। शनिबार जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा भएको वडास्तरीय भेलालाई सम्बोधन गर्दै नेता तामाङले केपी ओली सरकारबाट विनियोजित बजेट समायोजनका क्रममा आफू स्वयंले अर्थमन्त्री जनार्दन शर्मालाई विशेष अनुरोध गरेर १० करोड रकम छहरे-टोखा सडकलाई विनियोजन भएको स्पष्ट पारेका हुन। सांसद तामाङले पछिल्लो समयमा उक्त सडक केही हदसम्म निर्माणको चरणमा रहेको बताउदै भने-“१० करोडले  बाटो पूर्ण रुपमा बन्दैन, बनेर बाकी रहेको ठाउँका लागि सडकको स्टेमेन्टसहित जिल्ला सडक डिभिजनलाई माग गरेको र ३५ करोड आवश्यक परेको भनेपछि आफुले क्रमशः बढाउने लक्ष्यका साथ १० करोडको पहल गरेको छु।”

पूर्व सरकारद्वारा विनियोजित रकम संसोधनको लागि निश्चित नियम भएकाले आवश्यक बजेट नपाइएको बताउदै पूर्व सांसद तामाङले आफ्नो ब्यक्तिगत पैसाले सडक बन्ने होइन,मैले त्यति धेरै फूर्ती लगाउनुपर्ने काम गरेको छैन यद्यपि सडक निर्माण कार्य सम्पन्न नहुन्जेल आवश्यक बजेट पहलकदमीको लागि निरन्तर लागि पर्ने बताए।

विगतमा नुवाकोटका धेरै मन्त्री भएको र अर्थ मन्त्रालयको बागडोर समेत सम्हालेका मन्त्रीको घर जाने सडकको हविगत दयनीय भएको बताउदै सांसद तामाङले भने- “म तपाईंहरु सामु कसम खान्छु,मलाई हरबखत यहाँको सडक,भौतिक पूर्वाधारको चिन्ता लाग्छ, त्यस्को साथसाथै सुनखानी हुँदै दुप्चेश्वर पुग्ने बाटो निर्माणका लागि समेत बजेट पहल गरेको छु।”

पूर्व सांसद तामाङले २०४८ सालदेखि यदाकदा मात्र अर्थमन्त्री छुटेको नुवाकोटको धेरै विकास भैसक्नु पर्ने बताउदै यो अवस्थामा नागरिक गुज्रिएकोमा दुख व्यक्त गरे। बिकास निर्माणमा नुवाकोट किन पछि पर्यो तपाईंहरु नै जानकार हुनुहुन्छ भन्दै सांसद तामाङले आफू कुनै धनाढ्य,ब्यापारीको सन्तान नभएकाले जनताको हितमा सधैं चिन्तनशील रहेको र नुवाकोटको पूर्व-उत्तर विकासका लागि समुन्द्रटार-तादी भेग-पञ्चकन्या भद्रुटार सुनखानी हुँदै काठमाडौ आवतजावतको छोटो दुरीको सडक निर्माण सुरु भैसकेको बताए।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्