एमाले अध्यक्ष ओली चितवनमा



चितवन,मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । पार्टीकाे १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन बिहीवार चितवन पुगेको हुन् । 

उनलाई भरतपुर विमानस्थलमा नेता/कार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि चितवनकाे साैराहा पुगेका छन् । 

केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भाेलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्