नुवाकोट दुप्चेश्वरमा भोलि रेस्लिङ महाभिडन्त, नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्दै



नुवाकोट,चैत ३० । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा भोलि बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन् ।

दोस्रो आरडब्लु समर स्लाम  रेस्लिङ खेलको तयारी पुरा भएको भएको समेत नेपाल रेस्लिङ सघं नुवाकोटका अध्यक्ष प्रह्लाद थापाले बताए ।

अध्यक्ष थापाका अनुसार प्रतियोगिताले नुवाकोटको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल दुप्चेश्वर महादेव मन्दिरको प्रवद्वन तथा प्रचारप्रसार समेत हुनेछ ।

दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता २०७९ मा नेपालकै गौरव नुवाकोटे टाइगरसहित १ दर्जन रेस्लर भिड्नेछन् । प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको महा भिडन्त हुनेछ।

रेस्लिङ प्रतियोगितामा चर्चित कलाकारको लाईभ दोहोरी समेत रहनेछ । दुप्चेश्वरमा रेस्लिङ हेर्न जानको लागि शिवपुरी गाउँपालिकाको चालिसे बाट बसको पनि ब्यवस्था गरिएको रेस्लिङ सघ नुवाकोटका अध्यक्ष प्रहलाद थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्