चर्चित रेस्लर नुवाकोटे टाइगर एमालेबाट नुवाकोटमा चुनाव लड्दै



नुवाकोट,वैशाख १५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थायी निवासी कमल लामा उर्फ नुवाकोटे टाइगर आफ्नै गाउँ शिवपुरीबाट चुनाव लडेका छन् ।

पछिल्लो समय आफ्नो गाउँघरमा गतिशील राजनीति नभएको महसुस गर्दै आएको र आफ्नो देश निर्माणका लागि अगाडि बढेको पार्टी नेकपा एमालेबाट आफू उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् ।

हाम्रो शिवपुरी, राम्रो शिवपुरीका निम्ति आफुले पार्टी सदस्यका रुपमा उम्मेदवारी दिएको बताए । शिवपुरी गाउँपालिकाका एमाले पार्टी अध्यक्षका रुपमा जितेन्द्र बिष्टको उम्मेदवारी रहेको छ ।

यस्ता छन् नेकपा एमाले शिवपुरीको घोषणापत्रमा भएको मुख्य बुदा तथा स्थानीय बिकास,सुशासन र सम्बृद्धि सम्बन्धि निति र प्रथामिकताहरु:-

१.गुणस्तरीय शिक्षाको आधार :- प्राबिधिक शिक्षाको बिस्तार र
सामुदायिक बिद्यालयमा सुधार।
२.निरोगी नेपाल,स्वास्थ नेपाली ।
३.स्वच्छ खानेपानी :- सफा बस्ती र राम्रो आनीबानी ।
४.आधुनिक उर्जा :- उज्यालो पालीका ।
५.उन्नत कृषि :- किसानको सम्बृद्धि ।

६.सहज आवागमनको आधार:- दिगो यातायातको पुर्वाधार ।
७.एकीकृत बस्ती, योजनाबद्ध सहरी बिकास,विकसित
पालीका,सुरक्षित आवास।
८.अौद्योगीकरण र आर्थिक वृद्धि :- स्वदेश मै रोजगारी ,
सम्मान र समृद्धि ।
९.उद्यमशीलता र रोजगारी :- सम्बृद्धिका लागि सहकारी ।
१०.मौलिक कला र संस्कृति पर्यटनमा सम्बृद्धि ।
११.सबल राष्ट्रका लागी स्वास्थ र सिर्जनात्मक युवा।
१२.समानता तर्फको महिला यात्रा :- समाजवाद उन्मुख
राज्यको बिशेषता ।
१३.खुशी जेष्ठ नागरिक सुखी बालबालिका :- अपांगमैत्री सबै
पालीका।

१४.जलवायु अनुकुल र बिपद् व्यवस्थापन :- बिकास र
वातावरणबीच सन्तुलन ।
१५.समुन्नत लोकतन्त्रको आधार :- मेलमिलाप,न्याय र मानव
अधिकार ।
१६.संरचनागत तथा कानुनी संचार र प्रभावकारी समन्वय ।
१७.संस्थागत सुदृढीकरण , योजनाबद्ध बिकास ।

प्रतिक्रिया दिनुहोस्