फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत, भारतबाट प्रतिलिटर ८ रुपैयाँ बढेर आयो



काठमाडौं,जेठ २ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । यस अघि निगमले भारतबाट पेट्रोलयको लागत मूल्य प्रतिलिटर १८४ रुपैयाँ ३६ पैसा खरिद गर्दै आएकोमा अहिले बढेर १९२ रुपैयाँ ९४ रुपैयाँ पुगेको हो ।

भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

भारतबाट बढेर आएसँगै नेपाल पनि अब फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ । तर निगमले यस सम्बन्धी कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्