ओमानसँग नेपाल पराजित



काठमाडौं,जेठ २१ । ओमानसँग नेपाल पराजित भएको छ । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको हो । 

कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इसाम अल सुभीले समान एक गोल गरे ।

नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ ।ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्