टेनिसमा नेपालको अर्को पराजय



एजेन्सी,जेठ ३१ । नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ ।

नेपालको छात्र/छात्रा दुवै टोलीले अर्को पराजय भोगेको हो । सोमबार नेपाल छात्रमा श्रीलंकासँग ३–० तथा छात्रामा माल्दिभ्ससँग २–१ ले पछि परेको थियो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्रको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले हरायो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१, ६–० तथा तल्हाले वृजेश अर्याललाई ६–१, ६–० को सोझो सेटमा हराए । डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–०, ६–० को सीधा सेटमा पन्छाए । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगायो । 

प्रतिक्रिया दिनुहोस्