नुवाकोटमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या



नुवाकोट,असार ४ । जिल्लामा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बेलकोटगढीमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या भएको बुझिएको छ ।

सो घटनामा आफ्नै बाउसंग मिलेर पतिको हत्या गरेको पाइएको हो । प्रहरीका अनुसार बेलकोटगढी नगरपालिका वडा नम्वर ८ बाट एक महिलासहित चारजनालाई पक्राउ गरेको छ ।

ककनी गाउँपालिका वडा नम्वर ८ का ५६ बर्षिय एकबहादुर तामाङको बुधबार राती १२ बजे उनकी श्रीमती ३५ बर्षिया ज्ञानमाया तामाङ, ससुरा ६७ बर्षिय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, बिदुर नगरपालिका वडा नम्वर १२ का ३४ बर्षिय दुखिराम तामाङ र १४ बर्षिय एक बालकसहित मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्