बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद



सुर्खेत,कात्तिक २०। सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट ८ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।

हिजो दिउँसो करिब ४ बजे सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा बन्दुक फेला परेको हो।

बरामद गरिएका ८ थान बन्दुकमध्ये ५ थान साबुत र ३ थान बेसाबुत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्