टोखा १ झोरमा ठाउँठाउँमा चोरी



काठमाडौं,असार ५ । टोखा नगरपालिका वडा नम्बर १ को विभिन्न स्थानमा चोरी भएको छ । वडा नम्बर १ स्थित फूलबारी मा एक घरमा चोरी भएको हो । स्थानीय ईश्वरी देवकोटाको घरबाट ७ लाख बराबरको गरगहना चोरी भएको स्थानीय युवा नेता महेश श्रेष्ठले बताए ।

श्रेष्ठको अनुसार घरमा कोही नभएको समय पारेर देवकोटाको घर फुटाइएको देखिन्छ । प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको बताएको छ ।

त्यस्तै सोही वडाको सिमा चौरमा समेत चोरीको घटना भएको छ । चोरले केहि थान रक्सी, चुरोट तथा नगद ३५ हजार चोरी भएको बताइएको छ । घटनामा अन्य केकति चोरी भयो भन्ने एकिन हुन नसकेको स्थानीयले बताए । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । पछिल्लो समय चोरीका घटना बढ्दै गइरहेकाले सजगता अपनाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्