जिल्ला भलिवल संघ पाल्पाको अध्यक्षमा राजु गुरुङ्ग



पाल्पा, असार ६। जिल्ला भलिवल संघ पाल्पाको अध्यक्षमा राजु गुरुङ्ग चयन हुनुभएको छ।

आइतबार जिल्ला सदरमुकाम तानसेनमा आयोजित भोलिवल खेल प्रेमीहरूको जिल्ला भेलाले १५ सदस्यीय जिल्ला भलिवल संघ गठन गरेको हो ।

जसको प्रथम उपाध्यक्ष नारायण सारु ,उपाध्यक्ष देव बहादुर गाहा,महासचिव कृष्ण आले,काेषाध्यक्ष दिल बहादुर गाहा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्