महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा



काठमाडौ,असार ६ । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् । ओपनर इन्दु बर्मा रोयल डक आउट भइन् । रुविना क्षेत्रीले ८ बल खेल्दा खाता खोल्न सकिनन् । कविता जोशीले १० बलमा ३ रनमा अविजित रहिन् । ८ रन नेपालले अतिरिक्त पायो ।

प्रतिक्रिया दिनुहोस्