रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी



काठमाडौँ,असार ८ । संचारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए । ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो ।

स्वतन्त्र उम्मेदवारी अभियान डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्