नुवाकोट पञ्चकन्याका रमेश बुढाथोकी जीवन मरणको दोसाँधमा, आर्थिक सहयोगको अपिल



काठमाडौं, असार ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका रमेश बुढाथोकी गम्भीर प्रकृतिको रोगका कारण जीवन मरणको दोसाँधमा रहेका छन् । पारिवारिक आर्थिक अवस्था कम्जोर भएका रमेश बुढाथोकीको स्वास्थ्य अवस्था दिनानुदिन कम्जोर भएकाले आर्थिक सहयोग जुटाइदिन उनका आफन्तजनले आव्हान गरेका छन् ।

पञ्चकन्या गाउँपालिका वडा नं ५ भद्रुटार स्थायी निवासी वर्ष ३४ का रमेश बुढाथोकी हाल महाराजगन्जस्थित शिक्षण अस्पताल उपचाररत रहेको बुढाथोकीका साथी सन्तोष यादवले बताए । बुढाथोकी विगत २३ दिनदेखी निमोनिया ,जण्डिस लिभर सम्वन्धि रोगबाट ग्रस्त रहेको यादवले बताए ।

साझापथसंगको कुराकानीमा उनको साथी सन्तोषले भने -‘परिवारको आर्थिक अवस्था अति नै कमजोर भएको र पारिवारिक श्रोतवाट मात्र उपचार गर्न असहज हुने हुदाँ उनको उपचार का लागि सक्दो सहयोग को अपिल गरिरहेका छौं ।’ रमेशलाई उपचार खर्च जुटाउन बैंक उनको एकाउन्ट रमेश बुढाथोकी हिमालयन बैंक महाराजगन्ज ००२१०२०६६०००१७ वा ९८४१५५७३५ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्