नुवाकोट भद्रुटारका बिमल पाण्डे एक सातादेखि बेपत्ता



काठमाडौ,असार ८ । नुवाकोट भद्रुटारका बिमल पाण्डे एक सातादेखि बेपत्ता भएका छन् ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार बुढिसेराका पाण्डे यही असार दुई गते गङबु चोकदेखी बेपत्ता भएका हुन।

मनमैजु बस्दै आएका वर्ष २४ को बेपत्ता पाण्डे मनमैजुबाट दिउँसो १२ बजेदेखि सम्पर्कविहिन अवस्थामा रहेको उनका काका गोबिन्द पाण्डेले बताए ।

उनले प्रयोग गर्दै आएको फोन नम्बर ९८६३६३९७०७ मा भने फोन नलाग्ने बनाइएको छ । पछिल्लो महिना भद्रुटारका ३ जना बेपत्ता भएका छन् । उनीहरुको बारे केही पत्ता लाग्न नसकेको प्रहरीले बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्