रहेनन् नुवाकोट काङ्ग्रेसका युवा नेता बुढाथोकी



नुवाकोट,असार ९। नुवाकोट कांग्रेसका युवा नेता रमेश बुढाथोकीको निधन भएको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा बुढाथोकी तरुण दलका क्षेत्रीय प्रतिनिधि समेत थिए ।

जन्डिन्स र निमोनियाले ग्रस्त बुढाथोकीको उपचारका क्रममा महाराजगन्जस्थित शिक्षण अस्पतालमा गएराति निधन भएको हो ।

पार्टी पंक्तिमा अत्यन्त जुजारु बुढाथोकीको निधनप्रति नुवाकोट काङ्ग्रेसले दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्