काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं,असार ९ । काठमाडौंमा भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव भेटिएको छ ।
उक्त शव बुढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनारको रहेको प्रहरीले जनाएको छ । सुनारको शव नगरपालिका–८ स्थित भंगालमा भेटिएको हो ।
महिलाको भित्रिवस्त्रसमेत च्यातिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानको लागि प्रहरीले एकजनालाई समेत नियन्त्रणमा लिएको छ ।