आजकौ मौसम : बागमती प्रदेशसहित विभिन्न स्थानमा पानी पर्ने



काठमाडौं,असार ९ । आज बागमती प्रदेशसहित विभिन्न स्थानमा पानी पर्ने भएको छ । देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बद्ली रहेको छ । चार प्रदेश बागमती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद्ले बताए । उनका अनुसार आज चार प्रदेशमा पानी पर्ने सम्भावना छ ।

यस्तै, आज लुम्बिनी र कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज राति प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदेश-१ मा लगातारजसो ठूलो वर्षा भइरहेको छ । यसले गर्दा यो प्रदेशमा बाढी पहिरोको जोखिम उच्च छ ।

प्रतिक्रिया दिनुहोस्