नुवाकोट पञ्चकन्याका बृद्धबृद्धालाई मासिक एक हजार उपचार खर्च प्रदान गरिने



नुवाकोट,असार ९ । नुवाकोट पञ्चकन्याका बृद्धबृद्धालाई मासिक एक हजार उपचार खर्च दिइने भएको छ । बिहीबार गाउँपालिकाको नीति तथा बजेट वक्तव्यका क्रममा सो सुविधाको बारे गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले उद्घोष गरेका हुन।

अध्यक्ष तामाङले वक्तव्यका क्रममा गाउँ समाजका ८० वर्ष कटेका बृद्ध बा आमाको जनगुनासोलाई मध्यनजर गर्दै उपचार स्वरुप मासिक जनही १ हजार रुपैयाँ प्रदान गर्ने उद्घोष गरेका हुन् ।

‘आफ्नो जीवन ढ्ल्कदै गइरहेका वृद्धवृद्दा बा आमालाई उपचार स्वरुप मासिक १ हजार दिइने छ ।’ अध्यक्ष तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्