हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन- रवि लामिछाने



काठमाडौं,असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो ।’

आफूले स्वतन्त्रसँग पौठेजोरी खेल्न पार्टीको नाम स्वतन्त्र नराखेको प्रस्तुत पारे । ‘हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जान सकिन्छ । उहाँहरुले एजेण्डा मिल्दा मिलेर जान सकिन्छ भन्नुभएको छ ।’

उनीहरुलाई पनि हेरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम प्रस्ताव गरिएको लामिछानेको भनाइ छ । उनले स्वतन्त्र सोच भएका सबैलाई संगठित गर्न सकिए पार्टीलाई स्थापित गर्न सकिने पनि बताए ।  उनले निर्वाचन आयोगमा स्वतन्त्रबारे उजुरी परेको थाहा पाएका पनि बताए ।  

प्रतिक्रिया दिनुहोस्