काभ्रे दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते



काभ्रेपलान्चोक,असार १० । जिल्लाको बनेपा नगरपालिका–१० जनागालमा कार र यात्रुबाहक बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना  गम्भीर घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाअनुसार शुक्रबार दिउँसो करिब साढे १ बजेको समयमा बनेपाबाट काठमाडौँतर्फ जाँदैगरेको बा ७ च १५४५ नम्बरको कारले काठमाडौँबाट बनेपातर्फ आउँदैगरेको बा ३ क २८४४ नम्बरको बसलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले दुर्घटनामा काठमाडौँ–कलङ्की निवासी अन्दाजी ५५ वर्षीय ध्रुव सापकोटाको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा घाईते हुनुभएका सापकोटाको उपचारको क्रममा बनेपास्थित भोमि अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा घाइतेहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्