हेटौंडामा सवारी दुर्घटनामा घाईते भएका चालकको मृत्यु



हेटौंडा,असार ११ । गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ हनुमानगेट नजिक तीन सवारी एक आपसमा ठोक्किदा दुर्घटना हुँदा १६ जना घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति पौने ८ बजे हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र बसको पछाडिबाट आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल बसमा ठोकिएको प्रहरीले जनाएको छ ।

यात्रुबहाक बस, ट्याङ्कर र मोटरसाईकल एक आपस ठोक्किदा गम्भिर घाईते भएका ट्याङ्कर चालक नवलपरासी बर्दघाट–१ का सन्जीव रानाको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । अन्य घाइते हरुको उपचार भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्