नुवाकोटको गुर्जेमा पहिरो, स्थानीयका पशु चौपाया मरे



नुवाकोट,असार ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६, स्थित गुर्जेमा पहिरो गएको छ । पहिरोमा परि स्थानीयको पशु चौपायाको मृत्यु भएको छ भने केहि घरका नागरिक विस्थापित भएका छन् ।

गुर्जेका स्थानीय दिनेश तामाङको घर र गोठ पहिरोले पुरिदा २ वटा बाख्रा मरेका छ्न् । शुक्रबार राति परेको भारी वर्षासंगै गएको पहिरोले गुर्जे- खोलेगाउँ जाने सडक समेत अवरुद्ध भएको थियोे यद्यपि प्रहरी र स्थानीयको सहकार्यमा सडक डिभिजनको डोजर प्रयोग गरि सडक भने खुलाईसकेको नेकपा एमालेका युवा नेता लक्ष्मण तामाङले बताए ।

पहिरो ले सन्तोष तामाङका परिवारका ४ सदस्य विस्थापित भएका छन् । सन्तोषका छोरा टिकाराम तामाङका ३ परिवार सदस्य र बिष्णु तामाङको परिवार सदस्य ४ जना बिस्थापित भएका हुन । हाल विस्थापितलाई सुरक्षित क्षेत्रमा स्थानतरण गरिएको तामाङले बताए ।

पहिरो पश्चात् माओवादी केन्द्रका नेता तथा संघीय सांसद हितबहादुर तामाङले पहिरोको निरीक्षण गरेका थिए । नेता तामाङले विस्थापितको तत्काल सुरक्षित स्थानमा स्थायी बासको ब्यवस्थापन गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्