नुवाकोटको सान: नुवाकोटे टाइगर झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ’ मा भिड्दै



नुवाकोट,असार ११ । नुवाकोटको सान नुवाकोटे टाइगर झापामा पनि भिड्ने भएका छन् । ७१ औं मदन भण्डारी जयन्तीका अवसरमा झापामा हुने ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’मा नुवाकोटे टाइगरसहित एक दर्जन रेस्लर भिड्ने भएका हुन ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा आउँदो असार १८ गते शनिवार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिंदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँच वटा विद्यामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् ।

झापाको दमकमा हुने प्रतियोगितामा हेभीवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्