गायिका दिलमाया मृत भेटिइन्

काठमाडौं, असार १२ । गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । लोकदोहोरी गायिका काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा डाम देखिएको खुलेकाले हत्या वा आत्महत्या भन्ने भन्नेबारे अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् ।