पोखरामा सडकसँगै घर पनि भासियो



काठमाडौं,असार १२ । लगातारको भारी वर्षाका कारण कास्कीको पोखरा महानगरपालिका–चार मा सडकसहित एक घर भासिएको छ ।

फिर्के खोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १० मिटर भासिएको हो । सडक वारी र पारी गरेर पूर्णरुपमा भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए ।

बाटोसँगै जोडिएको घरको बाहिरी भाग सकुशल रहेको तर, घरको भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ । सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्