नुवाकोटको शेराफाँटमा अज्ञात बालकको शव भेटियो



नुवाकोट,असार १२ । नुवाकोटको शेराफाँटमा अज्ञात बालकको शव भेटिएको छ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ शेराफाँटमा अज्ञात बालकको लास भेटिएको हो ।

अन्दाजी १५ वर्षका बालकको शव भेटेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्सपेक्टर दिलिपकुमार हुँमागाईले जानकारी दिए । बालकको सडेको अवस्थामा भेटिएको उनले बताए । शवमा टाउँको नहुँदा पहिचान गर्न समस्या भएको इन्सपेक्टर हुँमागाईले जानकारी दिए ।

शवको अवस्था हेर्दा झन्डै एक साताअघि बाललको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । वालुवा झिक्ने क्रममा स्थानिय महिलाहरुले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्