एमाले बाँकेद्वारा जिल्ला प्रशासनमा धर्ना

बांके,असार १२। नेकपा एमाले बाँकेले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना तथा घेराउ कार्यक्रम गरेको छ । अहिले नागरिकले भोगिरहेको मल अभाव तत्तकाल अन्त्य गर्न र महंगी नियन्त्रण गर्न माग गर्दै आज (आइतबार) विहान १० बजेदेखि दिउँसो १२ सम्म धर्ना तथा घेराउ कार्यक्रम गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले बताउनुभयो ।
‘धान रोप्ने समय भइसकेको छ । तर किसानले मल किन्नसमेत पाएका छैनन्, बजारमा सामानको मूल्य आकासिएको छ, कालोबारजारी बढेको छ,’ उहाँले भन्नुभयो, ‘तर सरकार बेखबर छ । त्यसैले हामीले आज सरकारलाई झकझकाउन प्रशासनमा धर्ना गरेका हौँ ।’ धर्ना कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताले किसानलाई मल दे, चर्को महंगी अन्त्य गर, सबै प्रकारका हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, शान्ति सुरक्षा कायम गर जस्ता नारा लगाएका थिए ।
धर्ना कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतीलगायत जिल्ला तहका नेता तथा जनगर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।