राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री रोइन धुरुधुरु



काठमाडौं, असार १२ । मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री भावुक बनेकी छन् ।

शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्