सनराइज बैंकद्वारा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

काठमाडौं,असार १३। सनराइज बैंकले बर्दिबासका ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बर्दिबास शाखाले बर्दिबास नगरपालिका–२ स्थित उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका मधेश प्रदेश प्रमुख दीपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्गबहादुर सिंहले संयुक्त रूपमा उक्त सामग्री वितरण गरेका थिए ।