नयाँ मन्त्रीहरूले लिए सपथ



काठमाडौं,असार १३ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भन्डारीले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएकी हुन् । 

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन् । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । 

प्रतिक्रिया दिनुहोस्