बोराभित्र मानिसको शव भेटियो



झापा,असार १३ । झापामा बोरा भित्र मानिसको शव भेटिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी  ३५–४५ उमेर समूहको लाग्ने  युवकको लाश आइतबार साँझ  स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । 

शबको अनुहारमा चोटले नचिनिने अवस्था भएकोले पहिचान हुन कठिन भएको छ । प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्