दिलमाया सुनारको हत्या आरोपमा एक पक्राउ



काठमाडौं,असार १३ । प्रहरीले दिलमाया सुनारको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१ घर भई हाल काठमाडौं गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्टलाई प्रहरीले हिजो नै काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको भएपनि आज सोमबार सार्वजनिक गरेको हो । 

सुनारको कोठामा आएर मृतकको श्रीमान हुँ भन्दै श्रेष्ठ उनीसँगै बस्नेगरेको खुलेको प्रहरीले जनाएको छ । गत शानिबार काठमाडौंको तारकेश्वर –११ नेपालटारस्थित एउटा घरमा डेरागरी बस्दै आउनुभएकी ३३ वर्षीया दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्