महिन्द्रा स्कर्पियो- एन भारतीय बजारमा सार्वजनिक, अन्य कारको सस्तो विकल्प बन्न सक्ने



असार १३, काठमाडौं । कार निर्माता कम्पनी महिन्द्राले आफ्नो नयाँ स्कर्पियो सोमवार भारतीय बजारमा सार्वजनिक गरेको छ । सार्वजनिक भएसँगै बजारमा महिन्द्रा स्कर्पियो एन ३६ भेरियन्टमा उपलब्ध हुनेछ ।

महिन्द्रा स्कर्पियो एन- फाईभ ट्रिमहरू – जेड-२, जेड-४, जेड-६, जेड-८, र जेड-८ एल, (Z2, Z4, Z6, Z8 र Z8L ) मा कुल ३६ भेरियन्टहरू रहेका छन् । डिजेल भर्सनमा २३ भेरियन्टमा आउनेछ भने पेट्रोल भर्सन १३ भेरियन्टमा उपलब्ध हुने कम्पनीले बताएको छ  । महिन्द्रा स्कोर्पियो क्लासिक भने एसथ्री प्लस ७ सिटर र एस ११, ९ सिटर गरी २ ट्रिम्समा उपलब्ध हुनेछन् ।

महिन्द्रा स्कर्पियो- एन टिजरमा यस्तो देखिन्छ
कम्पनीले स्कोर्पियो एनमा एकदमै नयाँ सिंगल ग्रिल दिएको छ । यसमा क्रोम फिनिसिङ देखिन्छ। ग्रिलमा कम्पनीको नयाँ लोगो समेत देख्न सकिन्छ।  यसमा पुन: डिजाइन गरिएको एलईडी प्रोजेक्टर हेडल्याम्पहरू, नयाँ फग ल्याम्प हाउसिङको साथै पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर, सी-आकारको एलईडी डेटाइम रनिङ लाइटहरू राखिएको छ ।  हेक्सागोनल लोअर ग्रिल इन्सर्टको साथै फराकिलो सेन्ट्रल एयर इनलेट राखिएको छ ।

एसयूभीमा नयाँ डिजाइन गरिएको  टु-टोन पाङ्ग्राहरूको सेट यसमा पनि देख्न पाईनेछ । अर्कोतर्फ, यसले क्रोम्ड डोर ह्यान्डल, क्रोम्ड विन्डो लाइन, पावरफुल रूफ रेलहरू, अपडेटेड रियर बम्पर,   भर्टिकल एलईडी टेल ल्याम्पहरू  राखिएको छ ।

लक्जरी र स्टाइलिस इन्टरियर हुने अपेक्षा 

बाहिरी भाग हेर्दा यसको भित्री भाग पनि निकै लक्जरी हुने अनुमान गर्न सकिन्छ । नयाँ ड्यास र सेन्टर कन्सोल, अपडेटेड सेमी-डिजिटल इन्स्ट्रुमेन्टेसन, फ्ल्याट बटम स्टेयरिङ ह्वील, रूफ माउन्ट स्पिकर, लेदर सिट, एडजस्टेबल हेडरेस्ट, वायरलेस चार्जिङ प्याड, सेन्ट्रली माउन्ट टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इन्जिन स्टार्ट/स्टप बटन, क्रूज लगायत उपलब्ध छन् । सुरक्षाका लागि सनरुफ- ६ एयरब्याग, रिभर्स क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र रियर डिस्क ब्रेक जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।

महिन्द्रा स्कर्पियो-एन २०२२ मा थार र एक्सयूभी-७०० इन्जिन  उपलब्ध हुनेछ। यसमा २.० लिटर फोर-सिलिन्डर  एमस्टालियन mStallion पेट्रोल र २.२ लिटर फोर-पोट एमहव्क mHawk डिजेल इन्जिन हुनेछ। इन्जिनलाई सिक्स स्पीड म्यानुअल र सिक्स स्पीड अटोमेटिक ट्रान्समिसनमा मिलाउन सकिन्छ । स्कार्पियो एन को टप-एन्ड भेरियन्टलाई फोर-ह्वील ड्राइभ (4WD)  सिस्टममा मिलाउन सकिन्छ।
हुन्डाई क्रेटा र हुन्डाई अल्काजरसँग प्रतिस्पर्धा गर्ने

कम्पनीले नयाँ स्कोर्पियो बजारमा मिड-रेन्ज एसयूभीको स्पेस समेट्ने प्रयास  गरेको छ । नयाँ महिन्द्रा स्कर्पियो एनले टाटा ह्यारियर, टाटा सफारी, हुन्डाई क्रेटा र हुन्डाई अल्काजरसँग प्रतिस्पर्धा गर्नेछ । मानिसहरूले लक्जरी कारहरू जस्ता सुविधाहरू पाउँछन्, त्यसैले यो कार धेरै मानिसहरूका लागि टोयोटा फर्च्युनरको सस्तो विकल्प बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्