पोखरीमा डुबेर दुई बालिकाको मृत्यु



कैलाली,असार १४ । कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–८ मलभङ्गाका सात वर्षीया अश्रिया विष्ट र छ वर्षीया भावना कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रहरीका अनुसार सोमबार बेलुका सात बजेतिर मालिका इँटाभट्टाको पछाडि खेलिरहेका दुवै बालिका नजिकै रहेको पोखरीमा खसेका थिए । पोखरीमा डुबिरहेका दुवै बालिकाको स्थानीयले उद्धार गरी उपचारका लागि बौनियास्थित खापर हेल्थ क्लिनिक पुर्याए पनि ज्यान जोगिएन ।

उपचारको क्रममा राति उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्