मकै बारीमा आफ्नै छोराले गरे आमाको हत्या



चितवन, असार १४ । आफ्नै आमाको हत्याको अभियोगमा छोरा पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्