दायित्वद्वारा स्थानीय जनप्रतिनिधिका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” प्रशिक्षण

काठमाण्डौ,असार १४ । गैरसरकारी संस्था दायित्वले ६ प्रदेशका २३ वटा नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकारीहरुका लागि “शासन नवप्रवर्तनका लागि नेतृत्व” प्रशिक्षण प्रदान गरेको छ ।
सो प्रशिक्षण दायित्व नेपाल जन प्रशासन फेलोशिप २०२२ अन्तर्गत भईरहेको हो, जसमार्फत ६ प्रदेशका २३ वटा सझेदार पालिकाहरुमा नियुक्ति भएका २३ जना फेलोहरुले चार महिनाका लागि पालिका अन्तर्गतर्गका जन–अधिकारीहरु र स्थानिय सरकारका निर्वाचत प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोग गर्दै आएका छन् ।
मुख्य ४ सत्रमा बिभाजित गरिएको यस एक दिने भर्चुवल प्रशिक्षणमा नेपाल सरकारका पूर्व सचिव श्री कृष्ण ज्ञावालीले “सार्वजनिक नीतिका सिद्धान्त तथा प्रणालीहरु”, पूर्व अर्थ सचिव रामेश्वर खनालले “स्थानीय बजेट निर्माण र परिचालन” र नेपाल लिडरशिप एकेडेमीको संस्थापक तथा प्रमुख प्रशिक्षक र दायित्वका संस्थापक अध्यक्ष डा. पुकार मल्लले “अनुकूलनीय नेतृत्वका सिद्धान्तहरु” र “नीति कार्यान्वयनमा नवप्रवर्तन” बारे क्रमश प्रशिक्षण दिए ।
कार्यक्रममा उपस्थित अर्थ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वित्तिय महाशाखाकी सह सचिव यमुना प्रधानले अतिथिको रुपमा आफ्नो मन्तव्य राख्ने क्रममा आयोग बारे उपस्थित सबैलाई विस्तृत जानकारी गराए जुन स्थानीय जनप्रतिनिधि तथा अधिकारीहरुका लागि उपयोगी हुनेछ ।
स्थानीय जनप्रतिनिधि र अधिकारीहरुलाई यस प्रशिक्षणले समावेशी नगर सुशासन, अनुकूलनीय नेतृत्व, नागरिक सरकार साझेदारी र नीति निर्माणमा नागरिक सहभागिताको बारेमा अन्तरदृष्टिहरु प्रदान गरी यी मुद्दाहरुप्रति सचेत तथा संवेदनशील बनाउने आशा छ । र यस्ता सार्वजनिक हितका मुद्दाहरुलाई संबोधन गर्नको लागि स्थानीय सरकारको नीति नेतृत्व क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
दायित्व नेपाल जन प्रशासन फेलोशिप २०२२ अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (USAID) को आर्थिक सहयोगमा एफएचआई ३६० (FHI 360) मार्फत सञ्चालन भईरहेको नागरिक समाजः पारस्परिक जवाफदेहीता परियोजना (Civil Society: Mutual Accountability Project) अन्तर्गतको एक कार्यक्रर्यम हो जसले छवटा प्रदेशका २३ वटा पालिकाहरुमा नियुक्ति भएका प्रतिभाशाली र उर्जावान फेलोहरुले चार महिनाका लागि पालिका अन्तर्गतर्गका जन–अधिकारीहरु र स्थानिय सरकारका निर्वाचत प्रतिनिधिहरुलाई स्थानीय नीति निर्माणको लागी अनुसन्धान गर्न र स्थानीय नीतिको कार्यान्वयनमा सहयोगसहयोग गर्दै आएका छन् ।
गैरसरकारी संस्था दायित्वले एक गैर नफामुखी, गैर सरकारी नेपाली संस्था हो जसले उद्यमशील नेपालको परिकल्पना गर्ने र समृद्ध भविष्यको अवसरका लागि आवश्यक गतिविधि बढाउदै आएको छ ।