वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” पार्टी घोषणा



काठमाडौं, असार १४ । वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ। 

मंगलबार काठमाडौंमा  पत्रकार सम्मेलन गर्दै उनले देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताए । आफ्नो साथमा दर्ता भएका चार, पाँच वटा र खाली रहेका अन्य दलको साथ, समर्थन रहेको बताउदै एकता अभियानमा यी सबै दलको संलग्नता रहेको बताए । 

नेपाली काङ्ग्रेससंग निरंकुशताविरुद्ध मिलेर संघर्ष गर्यौ। एमालेबाट संघर्ष सञ्चालन गर्दा म एमालेको प्रमुख हुने गर्दथेँ। त्यो परिवर्तनको जग हामीले हालेका हौं। म ७३ वर्षको मानिस, कति समय बाँच्छु। तर, त्यो आन्दोलन कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ”, गौतमले बताए । 

प्रतिक्रिया दिनुहोस्